गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गरिने

गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गरिने

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

३१ जेठ, काठमाडौं ।
संसदीय समितिले गुठी विधेयकमा देखिएका विवादबारे विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो ।

गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दवाव दिइरहेका बेला सोसम्बन्धी तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिनुभएको छ ।

समितिले भूमिसम्बन्धी आठौं संशोधन विधेयक आगामी असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ । त्यसैगरी असार २ गते अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिएको समितिकी सभापति सुवेदीेले बताउनु भयो ।

समितिले असार ३ गते विहान साढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते अपरान्ह ३ बजे वातावरण संरक्षणसम्बन्धी विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहान वन र असार ६ गते अपरान्ह ३ बजे भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने पनि जनाएको छ ।

समितिमा तीन वटा विधेयक पेश गरिएको छ । ती सबै विधेयकमाथिको छलफल आगामी साताभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ