रिहा भएलगत्तै नेकपा कास्कीका सेक्रेटरीसहित ९ जना विद्यार्थी नेता अदालत परिसरबाटै पुनः गिरफ्तार

रिहा भएलगत्तै नेकपा कास्कीका सेक्रेटरीसहित ९ जना विद्यार्थी नेता अदालत परिसरबाटै पुनः गिरफ्तार

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी जंगबहादुर भण्डारीसहित ९ जना बिद्यार्थी नेताहरुलाई प्रहरीले पुन गिरफ्तार गरेको छ ।

उच्च अदालत पोखराले रिहा गरेपछि प्रहरीले अदालत परिसरबाटै उनीहरुलाई गिरफ्तार गरेको हो । अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः गिरफ्तार गर्ने तयारी गरेपछि पोखरा जिल्ला वार एसोसिएशनको कार्यलयमा छिरेका उनीहरुलाई प्रहरीले मध्यरातमा पुनः गिरफ्तार गरेको जनाईएको छ । मध्यराति प्रहरीले बार भवनको ढोका खोलेर गिरफ्तार गरेको बताईएको छ ।

यहि जेठ २६ गते शनिबार कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बाट प्रहरीले पक्राउ गरेका १८ जनामध्ये ९ जनालाई राज्यविरुद्धको कसुरमा अदालतमा मुद्दा चलाइएको थियो ।

तर उनीहरुलाई गैरन्यायीक रुपमा हिरासतमा राखेको भन्दै उच्च अदालत पोखरामा परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि शिजो भएको बहसपछि अदालतले रिहा गर्न आदेश दिएको थियो ।

पक्रउ पर्नेहरुमा नेकपा कास्कीका सेक्रेटरी जंगबहादुर भण्डारी(आक्रोश), प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राई रहेका छन् ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका जुम्ला जिल्ला इन्चार्ज चन्दबीर तिरुवा ‘रविकिरण’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
बुधबार राती १ बजे सिंजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला उनलाई छापा मारेर गिरफ्तार गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिएका छन् । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ