चार देशका लागि राजदूत सिफारिस, यस्ता छन् मन्त्रीपरिषद् निर्णयहरु

चार देशका लागि राजदूत सिफारिस, यस्ता छन् मन्त्रीपरिषद् निर्णयहरु

  • बिहिबार, जेष्ठ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, ३० जेठ ।
सरकारले कतार, अष्टे«लिया, बंगलादेश र स्पेनका लागी राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद वाँस्कोटाले चार देशका लागी राजदुच सिफारिस गरिएको जानकारी दिए ।

बैठकले कतारका लागि नारद भारद्वाज, अष्टे«लियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र र स्पेनका लागि आङफुटी शेर्पालाई राजदूतमा सिफारिस गरेको हो।

यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत, पाटनका न्यायधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णयसमेत गरेको छ।

यस्तै बैठकले इन्टरनेटको मूल्य समायोजनका इन्टरनेटका उपकरणमा छुट दिने निर्णय पनि गरेको छ ।

धितोपत्र बोर्डको रजत जयन्ती, शिख धर्मका संस्थापक गुरू नानकको जन्म जयन्ती र वाङ्मय शताव्दी पुरूष सत्य मोहन जोशीको सतवार्षिक जन्मोत्सवका अवसरमा स्मारिका सिक्का टक्मरी गरी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृतिसमेत दिएको छ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्य्विधिसेमत स्वीकृत गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।

यसैगरी, महानगरीय प्रहरी वृत्त, कमलपोखरीको कार्यालयलाई नक्सालको मालिगाउँमा सार्ने प्रस्ताव पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा कमलपोखरी प्रहरीलाई मालिगाउँमा रहेको बाल मन्दिरको जग्गामा सार्ने निर्णय गरिएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिए ।

प्रहरी कार्यालय सार्ने निर्णय भए पनि सुरक्षा अधिकृतका लागि भवन उपयुक्त छरछैन भन्ने विषयमा मूल्यांकन भइसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ