संसदीय समितिको निर्देशनमा कांग्रेसको समर्थन, लोकसेवाको विज्ञापन रद्द गर्न माग: कांग्रेस

संसदीय समितिको निर्देशनमा कांग्रेसको समर्थन, लोकसेवाको विज्ञापन रद्द गर्न माग: कांग्रेस

  • बिहिबार, जेष्ठ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, जेठ ३० ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने बताएको छ । तर करारमा कर्मचारी नियुक्ति गर्न नहुने भन्दै संविधानको व्यवस्थाअनुसार लोकसेवाले कर्मचारी भर्ना प्रक्रिया पुनः अगाडि बढाउनुपर्ने बताएको छ ।

राज्य व्यवस्था समितिले लोकसेवाको विज्ञापन संविधानको मर्मअनुसार नभएको भन्दै रद्द गर्न निर्देशन दिएको छ । आज पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समितिको निर्देशनमा कांग्रेसको समर्थन रहेको बताउनु भएको हो ।

तर करारमा कर्मचारी भर्ना गर्न नहुने बताउनुभयो । संविधानको व्यवस्था अनुसार कर्मचारी भर्ना प्रक्रिया पुन सुरु गर्नुपर्ने र आवेदकहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै कंग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको अन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।

प्रवक्ता शर्माका अनुसार जागरण अभियानका क्रममा फेरि पनि पार्टीलाई नवीन ढंगले अघि बढाउन सुझाब आएको छ । अभियानका क्रममा सत्तारुढसहित अन्य दलहरुबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या ३१ हजार ६ सय ४२ रहेको कांग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ