इलाम, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला इन्चार्जसहित चार जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको मेची–कोशी व्युरोले इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई कार्वाहि गरेको हो ।
व्यूरो इन्चार्ज शिखाले बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गरी पार्टी नीति विपरीत कार्य गरेको भन्दै जिल्ला इन्चार्ज दर्नालसहित चारै जनालाई कारवाही गरेको जानकारी दिएकी हुन् ।
पार्टीको नीति र कार्यक्रमको विरुद्ध गएपछि इलाम जिल्ला इन्चार्ज विजय दर्नाल, एरिया सदस्य गणेशकुमार विश्वकर्मा, फुर्वा शेर्मा र विदुर शेर्पालाई आजकै मितिबाट पार्टी साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको छ, शिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालका सर्वहारा वर्ग, श्रमिक तथा उत्पीडित जनसमुदायको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा वैज्ञानिक समाजवादी क्रान्ति निरन्तर अगाडि बढिरहेको अवस्थामा क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कैयौं कचराहरु पलायन हुने क्रान्तिको अनिवार्य नियम भएको पनि जनाईएको छ ।
उक्त नियम क्रान्तिकारी पार्टीको सन्दर्भमा पनि त्यो त्यतिकै सत्य भएको भन्दै इन्चार्ज शिलाले पार्टीबाट पलायन भएर, कारवाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्वहरुको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण जनसमुदायमा अपिल समेत गरेकी छिन् ।
यस्तो छ विज्ञप्ति
