गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु हुने

गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु हुने

  • बुधबार, जेष्ठ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ २९ जेठ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु गर्ने स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्र विन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आउँदो आर्थिक वर्षबाट सुरु गर्नेगरी बजेटको व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।

आज संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीव्रता दिइरहेको पनि स्पष्ट पार्नुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाइ भएकाले पनि पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाइ भएको पनि स्पष्ट पार्नुभयो ।

प्राधिकरणले भूमिहीनहरुको पुननिर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्य्विधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी पनि गर्नुभयो । उहाँले २ वर्ष्भित्र धरहरा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पनि समितिलाई जानकारी गराउनु भयो ।

प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुननिर्माणको कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले भूकम्प पीडितहरुको जीविकोपार्जनको विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाउन प्राधिकरणलाई सचेत गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी