प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै

प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै

  • बुधबार, जेष्ठ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं जेष्ठ २९ ।
युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज फ्रान्स जाँदै हुनुहुन्छ । प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अपरान्ह फ्रान्स पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक भेटवार्ता भने भोलिबाट गर्नुहुनेछ । फ्रान्सका समकक्षी एडुवार्ड फिलिपसँग सम्बन्ध विस्तार तथा आपसी हितका विषयमा छलफल हुनेछ । भेटका क्रममा उहाँले नेपालमा लगानीका लागि फ्रान्स सरकार तथा स्थानीय उद्योगी व्यापारीलाई आह्वान गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले स्थानीय व्यापारीहरुसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले फ्रान्सको राष्ट्रिय विधान सभामा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । सम्बोधनका क्रममा उहाँले नेपाल र फ्रान्सबीचको सम्बन्धबारे चर्चा गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले हिजो बेलायतका प्रधानमन्त्री टेरेसा मे र राजकुमार ह्यारीसँग कुराकानी गर्नुभएको थियो । नेपालले प्रविधि हस्तान्तरण र लगानीको क्षेत्रमा सहयोग गर्न बेलायतलाई आग्रह गरेको थियो भने नेपाललाई संधै दृढ समर्थन र ऐक्यवद्धता रहेको प्रधानमन्त्री मेको जवाफ थियो ।

प्रधानमन्त्री ओलीले आगामी शनिबार युरोपमा रहेका नेपाली राजदूतहरुसंग छलफल गर्ने र आइतबार काठमाडौं फर्कनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ