नेकपाद्धारा उपचारका क्रममा निधन भएका रामकुमार श्रेष्ठलाई सहिद घोषणा, सङ्घर्षमा अघि बढ्न विप्लवको आह्वान

नेकपाद्धारा उपचारका क्रममा निधन भएका रामकुमार श्रेष्ठलाई सहिद घोषणा, सङ्घर्षमा अघि बढ्न विप्लवको आह्वान

  • मङ्लबार, जेष्ठ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, ३ जेठ ।
उपचारका क्रममा निधन भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता रामकुमार श्रेष्ठलाई पार्टीले सहिद घोषणा गरेको छ ।

गत जेठ १२ गते भएको सुकेधारा बम विस्फोटमा परी गम्भीर घाइते रामेछापको मन्थली नगरपालिका, गैराथोकका श्रेष्ठको ओम अस्पतालमा उपचार का क्रममा निधन भएको थियो ।

पार्टी महासचिव विप्लवले मंगलवार विज्ञप्ति जारी गरी श्रेष्ठको सहादतले पार्टीलाई गम्भीर चोट र क्षति पुगेको बताएका छन् । विप्लवले सहिदको बलिदान खेर नजाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

केपी सरकारको राज्यआतङ्क र कमरेड तीर्थ घिमिरे हत्याकाण्डविरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमको पूर्वसन्ध्यामा काठमाडौँको सुकेधारा बम विस्फोटमा गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका योद्धा कमरेड रामकुमार श्रेष्ठको सहादतले नेपाल कम्युनिस्ट पार्टीलाई गम्भीर चोट र क्षति पु¥याएको छ, महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सिङ्गो पार्टीका तर्फबाट श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै उच्च त्याग, शौर्य र साहसका साथ बलिदान गर्नुहुने श्रेष्ठलाई सहिद घोषणा गर्दछौँ ।’ महासचिव विप्लवले भन्नुभएको छ ।

साथै उहाँले राज्यआतङ्क, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न विशेष आह्वान पनि गर्नुभएको छ ।

यसअघि जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको सहादत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ