बेलायतमा रहेका प्रधानमन्त्री ओली आज उच्चस्तरीय भेटघाटमा व्यस्त रहने, को- को सँग हुदैँ छ भेट ?

बेलायतमा रहेका प्रधानमन्त्री ओली आज उच्चस्तरीय भेटघाटमा व्यस्त रहने, को- को सँग हुदैँ छ भेट ?

  • मङ्लबार, जेष्ठ २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २८ जेठ ।
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । आज बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे तथा विभिन्न पार्टीका सांसदलाई प्रधानमन्त्रीले भेट्ने कार्यक्रम छ ।
बेलायती राजपरिवारको प्रतिनिधिकारुपमा राजकुमार ह्यारी र प्रधानमन्त्रीबीच केन्सिंगटन प्यालेसमा भेट तय भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
बेलायती राजपरिवारमा नेपालसँग सबैभन्दा निकट मानिने ह्यारीले भूकम्पको १ वर्षपछि नेपाल पुगेर केही साता पुनर्निर्माणको कार्यमा स्वयंसेवा गरेका थिए । गोर्खालीको इमान्दारी र साहसको उनले खुलेर प्रशंसा गर्ने गरेका छन् ।
मंगलबार नै प्रधानमन्त्री ओलीले १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा समकक्षी टेरिसा मेलाई पनि भेट्दैछन् ।
दुई प्रधानमन्त्रीबीच २ सय वर्ष भन्दा लामो नेपाल बेलायत सम्बन्ध, भूतपूर्व गोर्खाहरुको समस्या, दुई देशबीचको व्यापार सम्बन्ध, लगानी र सहयोग लगायतका विषयमा छलफल हुने अपेक्षा छ । राजिनामा गरिसकेकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको प्रक्रियामा छिन् ।
प्रधानमन्त्री ओलीले वेस्टमिनिस्टरमा विभिन्न पार्टीबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायती अधिकारीहरुलाई भेट्नुअघि बिहान उनले दूतावासमा भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, बेलायतस्थित नेकपानिकट कार्यकर्ता र नेपाली समुदायका प्रतिनिधिलाई भेट्नेछन् । बेलायत भ्रमण सकेर बुधबार प्रधानमन्त्री ओली फ्रान्सतर्फ लाग्ने कार्यक्रम छ ।
यसअघि प्रधानमन्त्री ओली सोमबार बेलुका लण्डन पुगेका हुन् । स्वीजरल्याण्डमा सम्पन्न अन्तर्रा्ष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीको भ्रमण टोली सीधै लण्डन गएको हो ।
बेलायत आइपुगेको प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसंगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ