बिराटनगर २७ जेठ ।
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टी्भित्र छलफल नभएको बताउनु भएको छ ।
आज बिराटनगर पुग्नुभएका रक्षामन्त्री पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टी्भित्र औपचारिक ढंगमा छलफल नभएको बताउनु भएको हो ।
शीर्ष नेताहरुवीचमा आधा–आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने भन्दै मन्त्री पोखरेलले बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको बताउनु भएको छ ।
यस्तै कार्यवाहक प्रधानमन्त्री पोखरेलले संविधानमा व्यवस्था गरेअनुरुप आवश्यक कर्मचारी नियुक्ति पर्ने कामप्रति सरकारले संवैधानिक अंग लोकसेवा आयोगलाई अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने बताउनु भएको छ ।
लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पदपूर्तिका लागि लोकसेवा मार्फत कर्मचारी नियुक्ति गर्ने कुरा संविधान अनुसारै भएको पोखरेलले दाबी समेत गर्नुभयो ।