अपर कर्णाली परियोजनामा भएकाे विस्फोटकाे जिम्मा नेकपाले लियाे, राष्ट्रघाती कार्यमा संलग्न नहुन अपिल(विज्ञप्तिसहित)

अपर कर्णाली परियोजनामा भएकाे विस्फोटकाे जिम्मा नेकपाले लियाे, राष्ट्रघाती कार्यमा संलग्न नहुन अपिल(विज्ञप्तिसहित)

  • आइतवार, जेष्ठ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, २६ जेठ ।
माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्पर्क कार्यालयमा शनिवार भएको बिस्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली व्युरोले आईतवार विज्ञप्ती निकालेर माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सुम्पिएर सरकारले राष्ट्रघाती कदम जारी राखेको भन्दै त्यसको बिरोधमा जनस्तरबाट उक्त कार्वाहि भएको जनाएको छ ।
सेती महाकाली व्युरो इन्चार्ज निर्माणद्धारा हस्ताक्षरीत विज्ञप्तीमा परियोजनाको सम्पर्क कार्यलयमा पार्टीको नेतृत्वमा जनस्तरबाट कार्वाहि भएको प्रष्ट पारिएको छ ।

उक्त परियोजना नेपाली लगानी र प्रविधिमा नेपालले नै बनाउनु पर्ने र सो परियोजनामा स्थानीय जनताको प्रत्यक्ष सहभागितामा निर्माण हुनुपर्ने कुरामा हामीले बारम्बार सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्दै आएको तर तर सरकारले नेपाल र नेपाली जनताको हित र जनचाहना विरुद्ध भारतीय कम्पनी जीएमआरलाई सो परियोजना सुम्पेको विज्ञप्तीमा जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जीएमआर कम्पनिको अनुमती वेगर कसैले पनि बिद्युत उत्पादन तथा कुनै आयोजना सन्चालन गर्न नपाईने जस्ता राट्रिघाति सम्झौता गरिएको हुनाले सुरुवातदेखि नै हामीले विरोध गर्दै आएका थियौ । पावरहाउसको तल्लो तटमा पर्ने बाँके र बर्दीयालगायतका जिल्लाहरुमा हिँउदमा सुख्खा हुने र बर्षायाममा बाढी पहिरोले गम्भिर क्षती पुर्याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोहि कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्घाती कदम जारी राखेकाले चेतावनी स्वरुप अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान हाम्रो पार्टीको नेतृत्वमा जनस्तरबाट उक्त कार्वाहि गरिएको जानकारी गराउछौ ।’
यस्तै ने.क.पा.ले नेपालको चौतर्फी अहित गर्ने, दलाल नेता र नीति निर्माता पोस्ने र भारतीय साम्राज्यवादलाई पोस्ने कार्य बन्द गर्न र त्यसप्रकारको राष्ट्रघाती कार्यमा संलग्न नहुन पनि सबैमा अपिल गरेको छ ।
परियोजनाका कुनैपनि कार्यहरु अघि बढाएर अटेरी गरिरहेमा पार्टीले त्यसको प्रतिकार गर्नेछ । त्यसबाट आउन सक्ने कुनै पनि परिणामको जवाफदेही सरकार र लगानीकर्ता नै हुनुपर्नेछ । विज्ञप्तीमा भनिएको छ ।
अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।
बिस्फोटबाट जलविद्युत परियोजनाको कार्यालय र नजिकैको शौचालय पुर्णरुपमा ध्वस्त भएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको छ । निकै विवादीत उक्त जलविद्युत परियोजनामा यस अघि पनि बम बिस्फोट भएको थियो । ९ सय मेगावाट क्षमताको उक्त जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलाई दिइएको भन्दै विभिन्न राजनैतिक पार्टीहरुले बिरोध जनाउदै आएका थिए ।
नेपालको आफ्नै लगानीमा बनाउन सकिने जलविद्युत आयोजना कमिसनको खेलमा भारतीयहरुलाई सुम्पिएको भन्दै शुरु देखीनै बिरोध भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ