ने.क.पा.का कास्की सेक्रेटरी आक्रोशसहित २१ जना गिरफ्तार, अखिल(क्रान्तिकारी) कास्कीको बैठकमा प्रहरी हस्तक्षेप

ने.क.पा.का कास्की सेक्रेटरी आक्रोशसहित २१ जना गिरफ्तार, अखिल(क्रान्तिकारी) कास्कीको बैठकमा प्रहरी हस्तक्षेप

  • आइतवार, जेष्ठ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

पाेखरा, २६ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला  सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’ सहित २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । ने.क.पा. निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा हस्तक्षेप गरी प्रहरीले उनीहरूलाइ गिरफ्तार गरेकेा हाे ।

कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ उरीस्थित आमा समुहको भवनमा बिद्यार्थीहरुको संयुक्त बैठक बसिरहेका बेला शनिवार प्रहरीले बैठकस्थल घेरा हाली उनीहरुलाई गिरफ्तार गरेको हो ।

दिउँसो चार बजे बैठकस्थल घेरा हालेको प्रहरीले थप प्रहरी परिचालन गरि राती अबेर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो  ।गिरफ्तारी पर्नेहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी आक्रोश,  नेकपा कास्कीका जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ ,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मिलन राइ, अखिल (क्रान्तिकारी( केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ ,जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल (क्रान्तिकारी) पि एन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगाएत रहेका छन् ।

नेपाल कम्ययुनिष्तिट पार्टीले बैठकस्थलबाट आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परेको जानकारी दिएपनि प्रहरीले भने यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ