प्रधानमन्त्री ओली एक साता लामो युरोप भ्रमणमा

प्रधानमन्त्री ओली एक साता लामो युरोप भ्रमणमा

  • शनिबार, जेष्ठ २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमणमा निस्कनुभएकाे छ । प्रधानमन्त्रीले स्वीट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनुहुनेछ । त्यसलगत्तै उहाँ बेलायत र फ्रान्सको राजकीय भ्रमण गरी स्वदेश फर्कनुहुनेछ ।
जेनेभाको भ्रमण सकेर प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत पुग्नुहुनेछ ।  प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो कुटनीतिक सम्बन्ध रहेको देश बेलायतमा तीन दिन रहनुहुनेछ । ओलीले बेलायती समकक्षी प्रधानमन्त्री टेरेसा मेसँग जेठ २८ गते भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले बेलायती समकक्षी समक्ष द्विपक्षीय हितका सार्थ भूपू गोर्खा सैनिकका बारेमा छलफल हुने  छ।
यस्तै प्रधानमन्त्री ओलीले जेठ २७ गते अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएकाे छ । बेलायतको भ्रमण पछि प्रधानमन्त्री फ्रान्स पुग्ने र त्यहा दुई मुलुकबीच व्यापार तथा लगानी प्रवद्र्धन सम्बन्धी सम्झौता गरने तयारी छ ।
त्यहाँ दुई देशको ‘वान टु वान’ मिटिङमा सहभागी हुने कार्यक्रम तय भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र फ्रान्सबीच पर्यटन, प्रविधि र दुई पक्षीय निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने कार्यक्रममा सम्झौता गरिने तयारी गरिएको छ। समग्रमा प्रधानमन्त्रीको युरोप भ्रमण आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन केन्द्रीत हुने छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ