काठमाडौं, २५ जेठ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिप्रति सरकारले अन्यायपूर्ण व्यवहार गरेको बताउनु भएको छ ।
आज गृहजिल्ला गोरखा पुग्नुभएका डाक्टर भट्टराईले सिके राउत, रेशम चौधरीसँग हातेमालो गर्ने सरकारले विप्लवलाई लुटेरा भन्नु अराजनीतिक र लज्जस्पद भएको बताउनु भयो । विप्लव नेतृत्वको ने.क.पा. सँग राजनीतिक व्यवहार गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो ।
अध्यक्ष भट्टराईले ने.क.पा.बिरुद्ध अनावश्यक सरकार दमनमा उत्रेको भन्दै राजनीतिक मागहरुप्रति गंभिर हुन आग्रह समेत गर्नुभयो । पत्रकारसँगको कुराकानिमा भट्टराईले सरकारले देश विखण्डनको माग गर्ने सिके राउतसँग सम्झौता गर्ने तर निर्वाचित जनप्रतिनिधि र राजनीतिक एजेन्डासहित आन्दोलनरत ने.क.पा.प्रति आक्रामक हुनु अशोभनीय हुने तर्क गर्नुभएको छ ।
उहाले राजनीतिक एजेन्डा लिएर आन्दोलित ने.क.पा.लाई नाम नै फेरेर लुटेरा पार्टीको नामले प्रधानमन्त्रीले अराजनीतिक भाषामा सम्बोधन गरेकोमा आपत्ती जनाउदै प्रधानमन्त्रीको यस्तो अभिव्यतिm सहि नभएको बताउनु भयो । पछिल्लो समय सरकार ने.क.पा. बिरुद्ध निर्मम दमन तथा धरपकडमा उत्रिएको पनि उँहाले बताउनु भयो ।