प्रहरीले घाइतेको उपचारमा अवरोध गरेको भन्दै नेकपाद्वारा निन्दा, कडा संघर्षमा उत्रने चेतावनी (विज्ञप्तिसहित)

प्रहरीले घाइतेको उपचारमा अवरोध गरेको भन्दै नेकपाद्वारा निन्दा, कडा संघर्षमा उत्रने चेतावनी (विज्ञप्तिसहित)

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २४ जेठ ।
काठमाडौंका बिभिन्न अस्पतालमा रहेका आफ्ना कार्यकर्ताको स्वास्थ्य उपचारमा समेत प्रहरीले अबरोध गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले निन्दा गरेको छ ।
भोजपुरमा पार्टीका कार्यकर्ता तीर्थराज घिमिरेको गिरफ्तारपछि प्रहरीले हत्या गरेको बिरोधमा ने.क.पा.ले जेठ १३ गते आह्वान गरेको नेपाल बन्दका क्रममा प्राविधिक समस्याका कारण घाईते भएका ५ जना कार्यकर्ताको उपचारका क्रममा ओली–बादलको गृह प्रशासनले अवरोध गरेको भन्दै सो पार्टीले निन्दा गरेको हो ।
ने.क.पा.का प्रवक्ता प्रकाण्डले शुक्रवार विज्ञप्ति जारी गरि ओली–बादलको गृह प्रशासनले अस्पतालमा उपचाररत विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको भन्दै उक्त ज्यादती रोक्न चेतावनी समेत दिएका छन् ।
विज्ञप्तिमा मेमोरियल अस्पताल (कलंकी), ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहेका आफ्ना कार्यकर्तामाथिको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिईएको छ ।
प्रवक्ता प्रकाण्डले घाईते अवस्थामा उपचार गराईरहेका बिरामिको उपचारमा अवरोध तथा सरकारी ज्यादती रोक्नकोलागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, ‘. फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ ।’

यस्ताे छ विज्ञप्ति ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ