हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, जेठ २४ ।
नेपाली कंगै्सले कैलाली र कञ्चनपुरमा गएराति आएको हावाहुरीबाट प्रभावित भएकाहरुलाई तत्काल राहत उपलब्ध गराउने माग गरेको छ ।

कांग्रेसले आज विज्ञप्ति प्रकाशित गरी घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको हो ।

साथै जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा स्थगित गरिएको कांग्रेसले जनाएको छ ।

अभियान अन्तर्गतका सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारको कार्यमा रुपान्तरण गरी दुई जिल्लाका केन्द्रीय प्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा खटिन कांग्रेसले आग्रह गरेको छ । हावाहुरीबाट २ जनाको मृत्यु भएको छ । सय बढी घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ