व्यावसाय धान्नकै लागि फेक न्युज नबनाउन ने.क.पा.को आग्रह, नक्कली प्रचारयुद्धको डटेर सामना गर्न अपिल(विज्ञप्तिसहित)

व्यावसाय धान्नकै लागि फेक न्युज नबनाउन ने.क.पा.को आग्रह, नक्कली प्रचारयुद्धको डटेर सामना गर्न अपिल(विज्ञप्तिसहित)

  • बुधबार, जेष्ठ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, २२ जेठ ।
नेपाल कम्युनिस्ट पार्टीले फेक न्युजको खेती नगर्न सन्चारमाध्यमलाई आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको बढ्दो प्रभाव र साखबाट आतंकित दलाल तथा जनविरोधी तत्वहरुले क्रान्तिकारी पार्टीका प्रवक्ता प्रकाण्डका विरुद्ध निरन्तर भ्रमको खेती गरिरहेको भन्दै केन्द्रीय कार्यालयका सचिव ध्रुवले बिज्ञप्ति जारी गरी त्यतो फेक न्युजप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

सोहि क्रममा कान्तिपुर दैनिकले भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेको भन्दै बिज्ञप्तिमा यस्तो भ्रामक र फेक न्युज नबनाउन आग्रह समेत गरिएको छ ।

ध्रुवले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त पत्रिकाले अत्यन्तै भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाउदै नेपाल कम्युनिस्ट पार्टीको बढ्दो प्रभाव र साखबाट आतंकित दलाल तथा जनविरोधी तत्वहरुले क्रान्तिकारी पार्टीका प्रवक्ता प्रकाण्डका विरुद्ध निरन्तर भ्रमको खेती गरिराखेका बताइएको छ ।

बुधबार कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित दुरासयमा वदनियतपूर्ण तथ्य हिन समाचार सम्प्रेशण गरेकोप्रति पार्टी ध्यान आकर्षण भएको छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी विचार भावना र सांगठनिक रुपमा बुर्जुवा पार्टी जस्तो गुट उपगुटको संयुक्त मोर्चा नभएर एकताबद्ध र एकढिक्का रहेको पनि प्रष्ठ पारिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टीको जिम्मेवार तहमा सम्पर्क नै नगरी कपोकल्पित ढंगले दुरासयपूर्ण समाचार प्रसारण गर्नुको पछाडि कसको सेवा गर्ने उद्देश्य छ ? त्यसबाट प्राप्त लाभ के हो ? समाचारको न्युनतम् विश्वासनियता चाहिन्छ कि चाहिदैन ? प्रश्न उठ्न स्वभाविक छ ।

ने.क.पा.ले फेक न्युजको खेती नगर्न आग्रह गर्दै, सनसनीपूर्ण र उत्तेजित समाचार पस्किएर व्यावसाय धान्ने कार्य मात्रै नगरि तथ्यगत समाचार बनाउन सञ्चारकर्मीसँग आग्रह समेत गरेको छ ।
साथै नक्कली र बदनियतपूर्ण प्रचारयुद्धको डटेर सामना गर्नसमेत सबै पार्टी पंक्ति र न्यायपूर्ण समुदायमा विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ