नेपाल र चीनबीच भएकाे एएसए सम्झाैता पुनरवलोकन हुने

नेपाल र चीनबीच भएकाे एएसए सम्झाैता पुनरवलोकन हुने

  • बुधबार, जेष्ठ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २२ जेठ । सन् २०१४ मा भएको नेपाल र चीनका सबै विमास्थलमा उडान गर्ने गरी हवाई सेवा सम्झौता (एएसए) पुनरवलोकन हुने भएको छ। एएसए पुनरवलोकनपछि दुवै देशले सातामा ७० उडान गर्न पाउने सम्झौता भए पनि नेपालले अहिलेसम्म एउटा पनि उडान अनुमति पाएको छैन।

नेपाल वायुसेवा निगमले चीनको ग्वान्जाओ र बेइजिङमा उडान अनुमति मागेको भए पनि चीनले दिएको छैन। यो समस्या समाधान गर्न दुवै देशले मागेकै विमानस्थलमा उडान अनुमति पाउने र जुनसुकै विमानस्थलमा पनि उडान गर्न पाउने गरी सम्झौता पुनरवलोकन गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।

यस्तो सम्झौता पुनरवलोकनपछि वायुसेवा निगमले चाहेकै गन्तव्यमा उडान गर्न सक्ने र तत्कालै अनुमति दिनुनपर्ने शर्त नेपालले राखेको छ। यो सम्झौता नवीकरणपछि दुवै देशका वायुसेवाले जुनसुकै विमानस्थलमा उडान गर्न पाउनेछन्। नेपालले चीनका बेइजिङ, ग्वान्झाओ, ल्हासा, सांघाई, कुनमिङ, छेन्दु र सियान गरी सात सहरका विमानस्थलमा उडान गर्न सक्ने गरी सम्झौता गरेको छ। चीनले भने नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै उडान गर्ने गरी सम्झौता भएको छ।

नेपालले पोखरा विमानस्थल निर्माण गरिरहेको र भैरहवा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले दुई विमानस्थमा हुने उडानलाई दृष्टिगत गरेर हवाई सम्झौता पुनरवलोकन गर्न चाहेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ