मुख्यमन्त्री शंकर पोखरेलद्वारा मेयर द्वारिक चौधरीलाई आत्मालोचना गर्न सुझाव

मुख्यमन्त्री शंकर पोखरेलद्वारा मेयर द्वारिक चौधरीलाई आत्मालोचना गर्न सुझाव

  • बुधबार, जेष्ठ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, जेठ २२ । प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले दिएका अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्तासमेत रहेका मेयर चौधरीको अभिव्यक्तिप्रति असन्तुस्टि जनाउदै पोखरेलले मेयर चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने बताएका छन् ।

मेयर चौधरीले पत्रकारको नाम नै तोकेर ‘नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको’ घोषणा गरेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिँदै मुख्यमन्त्रीले लेखेका छन्, ‘इहटरीका मेयर द्वारिक चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाहा हुन्छ तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाइहरु पूर्णतः त्रुटिपूर्ण छन् ।’

नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताप्रति दृढ रहेको मुख्यमन्त्री पोखरेलले स्मरण गराएका छन् ।

‘जवजबाट दीक्षित कार्यकर्ताले त लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् ।’

मुख्यमन्त्री पोखरेलले मेयर चौधरीलाई जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मालोचना गर्नु उचित हुने सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ