पत्रकारको नाक भाँच्न एक करोड छुट्याउने मेयरलाई सत्तारूढ नेकपाका नेता योगेश भट्टराईले दिए यस्ताे सुझाव

पत्रकारको नाक भाँच्न एक करोड छुट्याउने मेयरलाई सत्तारूढ नेकपाका नेता योगेश भट्टराईले दिए यस्ताे सुझाव

  • बुधबार, जेष्ठ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, जेठ २२ । पत्रकारको नाक भाँच्नका लागि एक करोड रुपैयाँ छुट्याएको भनेर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले दिएकाे अभिव्यक्ति पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तासमेत रहेका मेयर चौधरीले विभिन्न संचारमाध्यममा अन्तरवार्ता दिँदै आफ्ना भनाइको प्रतिरक्षा गर्नुका साथै कानुन हातमा लिने चेतावनी खुलेआम दिइरहेका छन् ।

यसैक्रममा नेकपाका युवा नेता तथा सांसद योगेश भट्टराईले मेयर चौधरीलाई आफ्ना भनाइप्रति आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन अनुरोध गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत मेयर चौधरीलाई सुझाव दिदै  लेखेका छन्, ‘म द्वारिकजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमानदारिताको पहिलेदेखि कै प्रशंसक हुँ ।’

उनले अगाडि लेखेका छन्, ‘तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयं उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयं उहाँको राजनीतिक उचाईका लागि कदापी सुहाउँदैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ