ने.क.पा.का चार नेताद्धारा धरौटी बुझाउन अस्वीकार, कारागार चलान

ने.क.पा.का चार नेताद्धारा धरौटी बुझाउन अस्वीकार, कारागार चलान

  • मङ्लबार, जेष्ठ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

स्याङ्जा, २१ जेठ ।

नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता धरौटी बुझाउन अस्वीकार गर्दै कारागार चलान भएका छन् । कास्की जिल्ला पोखरा महानगरपालिका– २७ ज्यामिरेका ३३ वर्षीय जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउ“पालिका–१ का २९ वर्षीय मजदुर नेता गोविन्द ओलीलाई २०७५ फागुन १४ गते पुतलीबजार १४ बाट प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै, भीरकोट नगरपालिका–२ का ४७ वर्षीय जिल्ला कमिटी सदस्य सागर अर्याललाई चैत २७ र वालिङ नगरपालिका–२ छाप्राककी ५० वर्षीया मिसिरा नेपाली (सार्की) चैत १७ मा पक्राउ परेका थिए ।
चारै जनाको हकमा भएको मुद्धमा सुनुवाई गर्दै जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर उनीहरु धरौटी वापत रकम बुझाउन अस्वीकार गर्दै कारागार पठाएको हो ।अदालतले एनसेल टावरमा विष्फोट गराएको शिर्षकमा जनही दुई लाख २० हजार र नक्कली बमबाट आतंकीत र चन्दा असुलको शिर्षकमा दुई लाख गरी धरौटी वापत प्रतिव्यक्ति ४ लाख २० हजार अर्थात  कुल १६ लाख ८० हजार रुपैयाँ माग गरेको थियो ।

पक्राउपछि प्रहरीले चारजनालाई प्रहरीले पहिलो चरणमा राज्य विरुद्धको कसुर र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । पछि पुन संगठित अपराधसम्बन्धि मुद्धा पनि लगाईएको थियो।

उनीहरुमाथि फागुन १० गते राति वालिङ नगरपालिका–१२ मा रहेको एनसिएलको टावरमा बम विस्पोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोप लगाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ