सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयकहरु फिर्ता लिन डा. कोइरालाको माग

सञ्चार क्षेत्रसँग सम्बन्धित विधेयकहरु फिर्ता लिन डा. कोइरालाको माग

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, जेठ २० ।

नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आर्थिक वर्ष २०७६र०७७ को बजेट विकासमुखी नभई वितरणमुखी भएको टिप्पणी गर्नु भएको छ । प्रेस युनियन पाल्पा शाखाले आज गरेको पत्रकार भेटघाटमा उहाँले ३० प्रतिशत बजेट मात्र विकास खर्चमा विनियोजन गरिएकाले बजेट विकासमुखी नभएको प्रष्ट हुने बताउनु भएको हो ।

सरकारले जनहित भन्दा पनि आफु अनुकुल बजेट ल्याएको प्रवक्ता शर्माको भनाई छ । कांग्रेस प्रवक्ता शर्माले प्रेसमाथि तरवार झुण्डाएर,मानवअधिकार आयोगलाई नियन्त्रणमा राखेर सरकारले अधिनायकवाद ल्याउने प्रपञ्च शुरु गरेको जिकिर समेत गर्नुभयो ।

यसैबीच कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताउनु भएको छ ।

आज बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँग कुरा नेता सिंहले संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठनलाई संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।

सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत वैशाख २५ गदेदेखि देशव्यापी जागरण अभियान चलाइरहेको छ । संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता कार्यकर्ताहरुमा निराशा छाएको उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ