प्रतिपक्षी कांग्रेसलाई सत्तारुढ नेकपाका महासचिव पौडेलले दिए यस्तो चुनौति

प्रतिपक्षी कांग्रेसलाई सत्तारुढ नेकपाका महासचिव पौडेलले दिए यस्तो चुनौति

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं जेठ २० ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता बृद्धि बेठीक हो भने औपचारिक रुपमा बोल्न विपक्षी नेपाली कांग्रेसलाई चुनौति दिनु भएको छ । सामाजिक सुरक्षा भत्ता बृद्धिलगायत लोककल्याणकारी व्यवस्थाको आलोचना भइरहेकोमा उहाँले असन्तुष्टि जनाउनु भएको हो ।

बजेटमाथिको छलफलमा भाग लिने क्रममा आज प्रतिनिधिसभामा बोल्दै महासचिव पौडेलले सामाजिक सुरक्षा भत्ता बृद्धिका सन्दर्भमा आलोचना भइरहेका बेला हिम्मत भए औपचारिक ढंगले गलत भन्ने साहस गर्न चुनौति दिनुभयो ।

यस्तै नेकपाका नेता एवं सांसद भीम रावलले त्रिभुवन विश्वविद्यालयको अवस्था अत्यन्तै नाजूक र निरीह रहेको बताउनु भएको छ। संसद बैठकमा आफ्नो धारणा राख्दै उहाँले ज्ञानको केन्द्र बन्नुपर्ने स्थानको गति कुन अवस्थामा पुगेको छ हेर्न शिक्षामन्त्री गिरीराजमणी पोखरेलको ध्यानाकर्षण गराउनुभयो ।

कुनै विदेशी आएर विश्वविद्यालयको भ्रमण गर्यो भने पनि नकारात्मक सन्देश जाने भन्दै सांसद रावलले लथालिङग भएको विश्वविद्यालयप्रति तत्काल ध्यान दिन शिक्षामन्त्रीलाई आग्रह गर्नूभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ