‘नेकपाद्वारा सोलुखुम्बुमा चौकी आक्रमण प्रयास गरेकाे भन्ने प्रचार झुठाे’

‘नेकपाद्वारा सोलुखुम्बुमा चौकी आक्रमण प्रयास गरेकाे भन्ने प्रचार झुठाे’

सेना परिचालन भएकाे छैन

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौं, २० जेठ ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो रहेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् ।
सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको भन्ने समाचार बाहिर आएकोप्रति उहाँले आश्चर्य र आपत्ति जनाउदै यो झुठ भएको बताए । मिर्मिरे अनलाईनसँग कुरा गर्दै प्रजिअ रानाले बिभिन्न मिडियामा आएकाे विप्लवका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्नेबारे समाचार झुठो र गलत भएको बताए । उनले भने, प्रहरी चौकिमा आक्रमणको प्रयास भएको छैन, यो गलत र झुठो समाचार मिडियामा आईरहेका छन् । कोहि पनि भ्रममा नपर्नुहोला ।
यस्तो झुठो समाचार अहिले भाईरल भएके भन्दै प्रजिअ रानाले थपे, चौकी आ्रकमणको प्रयास भको भनेर गाउँमा कस्ले हल्ला गरिदियो । त्यहि हल्लाको भरमा मिडियाले समाचार बनाईदिए ।
उनले सेना परिचालन पनि नभएको बताए । प्रजिअ रानाले नेकपा कार्यकर्ताको गतिविधिभने बढेको बताए । उनले भने, ‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो । नितान्त निगरानीका लागि सुरक्षा पठाइएको हो ।’
उनले अहिले प्रहरीले सुरक्षा सतर्कता बढाएपनि सेना परिचालन पनि नगरिएको बताए ।
बिभिन्न सन्चारमाध्यमहरुले भने विप्लव नेकपाका कार्यकर्ताले चौकि कब्जा गर्ने उदेश्यले आक्रमणको प्रयास गरेको र सेना समेत परिचालन गरिएको भनेर समाचार प्रकाशन प्रशारण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ