कांग्रेसकाे संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्दा जागरण अभियान प्रभावकारी हुन सकेन

कांग्रेसकाे संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्दा जागरण अभियान प्रभावकारी हुन सकेन

  • सोमवार, जेष्ठ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं,  २० जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीकाे संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताएका छन् ।

सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले सो भनाइ राखेका हुन् ।संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता/कार्यकर्ताहरुमा निराशा छाएको उनले बताए ।

‘आफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनु पर्ने अवस्थामा कांग्रेस झनै आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ,’, उनले भने । कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिङ्ग अवस्थामा पुगेको बताए ।

कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । उनले यसलाई गम्भीरतापूर्वक लिनु पर्नेमा जोड दिए । मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनले बताए ।

‘मुलुकमा रहेका तमाम चुनौतिहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद हो,’ उनले भने । पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आफूलाई आरोप लाग्ने गरेको गुनासो उनले गरे ।

नेता सिंहले भने, ‘पार्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो, पार्टी बलियो र प्रभावकारी बनाउनु पर्यो, यही ढर्राले पार्टी चल्न सक्दैन, जनआकर्षण बढाउन सकिँदैन भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आरोप लगाउनेहरु पनि छन् ।’ उनले नेपाली कांग्रेसलाई सुधार्नका लागि जस्तोसुकै चुनौति झेल्नु परेपनि पछि नपर्ने दृढता व्यक्त गरे । सशक्त मजबुत पार्टी निर्माणको अभियानमा साथ दिन पनि उनले सबैमा अपिल गरे ।

कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए । भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु र पदाधिकारीसमेत गरी दुई दर्जन बढीको सहभागीता थियो । नेता सिंहले सम्पर्क समितिहरुको भूमिका प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ