कम्युनिष्ट सरकारको आयु छोटो छः देउवा

कम्युनिष्ट सरकारको आयु छोटो छः देउवा

  • आइतवार, जेष्ठ १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

भैरहवा, जेठ १९ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संबिधानको मर्म र भावना विपरित काम गर्दै हिडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सील बिधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानव अधिकारमाथिको हस्तक्षेप संबिधानको मर्म र भावना बिपरित रहेको बताउनु भएको हो ।

सभापति देउवाले बर्तमान सरकार पछिल्लो समय तानाशाह शैलीमा अगाडि बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएकोे जिकिर गर्नुभयो । सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजा जस्तै सदाका लागि कम्युनिष्टहरुलाई पनि हटाउने चेतावनी दिनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले वाइड बढी जहाज, बुडि गण्डकी जलबिद्युत आयोजना, बालुवाटार प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको उल्लेख गरेको बताउनुभयो । उहाँले सरकारका गलत कामको भण्डाफोरका लागि काग्रेसले सडक आन्दोलन समेत गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ