विप्लवले कारवाही गरेपछि पीबीएम पदम राई केपी–प्रचण्डको टीका लगाउँने तयारीमा

विप्लवले कारवाही गरेपछि पीबीएम पदम राई केपी–प्रचण्डको टीका लगाउँने तयारीमा

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

काठमाडौं, १८ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले कारवाही गरेका पोलिटब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’ सत्तारुढ नेकपामा छिर्ने भएका छन् ।
सरकारले बाँडेको विभूषण लिएर उनले औपचारिक रुपमा छिर्ने लाइन तय गरेका थिए । राईलाई पार्टीले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको पाइएको जनाउँदै महिना दिनअघि बसेको स्थायी समितिको बैठकले निलम्बन कारवाही गरेको थियो ।
स्रोतका अनुसार राईलाई निलम्बन कारवाही गरिएको ने.क.पा.ले पार्टीको सबै तहमा परिपत्र समेत गरिसकेको थियो । तर सच्चिने मौका अवधिमा राखिने भन्दै कारवाहीको निर्णय सार्वजनिक नगरिएको स्रोतको बतायो । राईले पार्टीको नीतिविपरीत अनधिकृत पात्र र क्रान्तिविरोधी पक्षसँग साँठगाँठ गरेको भन्दै निलम्बन गरिएको थियो ।
ने.क.पा.बाट कारवाही परी गहलत्याइएका नेता कार्यकर्ताहरु प्रचण्ड र केपीको टीका थापेर छिर्दै आएका छन् ।उनलाइ भाेली आइतबार  पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा ओली र प्रचण्डले पार्टी प्रवेश गराउने तयारी गरिएकाे बुझिएकाे  छ । सरकारले हठात रुपमा ने.क.पा.माथि प्रतिबन्ध लगाउने निर्णय गरेदेखि नै राई पार्टीबाट टाढा र गुपचुप बस्दै आइएको स्रोतले जनायो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ