एकता भाँड्ने शक्ति सक्रिय भएः प्रधानमन्त्री

एकता भाँड्ने शक्ति सक्रिय भएः प्रधानमन्त्री

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

पोखर, जेठ १८ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनु भएको छ । नेपाल स्काउटको आज पोखरामा सुरु भएको स्काउट युवा सम्मेलन (रोभर मुट)को उद्घाटन गर्दै उहाले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताउनु भएको हो ।

देशको समग्र उन्नयनका लागि संकृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उहाले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।

युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रियमात्र नभइ अन्तर्रा्ष्ट्रियरुपमा चलेको अभियान भएको बताउनु भयो ।

सभ्यता र संस्कृति जोगाउँदै समृद्धितर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशलाई अस्थीर बनाउन एकतालाई भाँड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उहाले जातीय, क्षेत्रीय संकुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री एवं प्रथम स्काउट जगतबहादुर विश्वकर्माले युवालाई सकारात्मकमार्गमा अघि बढाउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको छ । युवा वर्गबाट देशले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले युवामा राष्ट्रिय भावनाको विकास गराउँदै राष्ट्र निर्माण अभियानमा सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवाहरूको यो सम्मेलनले युवाबीच अनुभव आदान–प्रदानका साथै सिर्जनात्मकताको विकासमा विशेष सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सम्मेलनमा १६ देखि २५ वर्ष उमेरका युवा स्काउटको सहभागिता छ । नेपालसहित १४ देशका लगभग पाँच हजार स्काउट युवा सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ