पार्टी एकताको समझदारीबारे धेरै हल्ला नगर्नुस्, कार्यान्वयनमा आउँछः प्रचण्ड

पार्टी एकताको समझदारीबारे धेरै हल्ला नगर्नुस्, कार्यान्वयनमा आउँछः प्रचण्ड

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

गणेश तिम्सिना/धरान, १८ जेठ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेकपाका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक प्रचार गर्न नहुने बताउनुभएको छ ।
धरानमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने भन्दै उक्त समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो ।
अहिले तत्काल सत्ताको नेतृत्व परिवर्तन नहुने उहाँले बताउनु भयो । अध्यक्ष दाहालले अहिले अनावश्यक समझदारीको बारे हल्ला गर्नु उचित नहुने भन्दै पार्टीको निर्णय र देशको परिस्थिति अनुकूल रहे एक वर्षपछि पूर्व सहमतिका आधारमा आफूले नेतृत्व सम्हाल्ने बताउनु भयो ।
त्यसअघि आजै विराटनगरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पत्रकारलाई नखेल्न आग्रह गर्नुभएको थियो ।
‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने विषय हो तर परिस्थिति कस्तो विकास हुँदै जान्छ त्यसमा पनि निर्भर हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले आइतबार बस्ने पार्टीको सचिवालय बैठकले कार्य विभाजनको बिषय टुंगो लगाउने समेत बताउनुभयो ।
धरानमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रुपमा विभाजित नहुन आग्रह गर्नुभयो । उहाँले पार्टी एकता सैद्धान्तिक र व्यवहारिक भएको बताउँदै यसबाट पार्टी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, कृषि राज्यमन्त्री राम कुमारी चौधरी, नेकपाको १ नम्बर प्रदेश ईन्चार्ज भिम आचार्य, सह ईन्चार्ज सावीत्रि कुमार काफ्ले लगायतको उपस्थिती थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ