‘कांग्रेसले वीपीको विचार आत्मसाथ गर्न सकेन’

‘कांग्रेसले वीपीको विचार आत्मसाथ गर्न सकेन’

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, जेठ १८ ।
नेपाली कांग्रेसका नेता एवम् बीपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले वीपीको विचार आत्मसाथ गर्न नसकेको आरोप लगाउनुभएको छ ।
बीपी विचार राष्ट्रिय समाजको सातौं साधारणसभामा उनले बीपी बिचारबाट कांग्रेस विमुख हुँदा जनता माझ कमजोर भएको टिप्पणी गर्नुभयो । वीपीका विचार अहिले पनि सान्दर्भिक रहेको भन्दै सबै राजनीतिक दलको मेलमिलापबाट मात्र मुलुकले निकास पाउने उहाँको भनाइ थियो ।
कांग्रेस नेता विनयध्वज चन्द र गोविन्दराज जोशीले शीर्ष नेताहरुको कार्यशैलीका कारण नेपाली कांग्रेस पराजित हुनुपरेको बताउनुभयो । बीपीको आदर्श र सिद्धान्तप्रति इमान्दार भएर लाग्नुपर्ने उहाँहरुको भनाइ थियो । त्यस्तै वीपी विचार राष्ट्रिय समाजको बार्षिक साधारण सभा काठमाडौंमा भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ