काठमाडौं, १८ जेठ । जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भएर उपराष्ट्रपति नन्दबहादुर पुन आज दिउँसो स्वदेश फर्कंदै हुनुहुन्छ ।
उपराष्ट्रपनि पुन आज दिउँसो ३ः २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल आईपुग्ने उडान तालिका छ ।
उपराष्ट्रपति पुन उहाँ अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया जानु भएको थियो ।
उपराष्ट्रपति पुनले अष्ट्रियामा रहँदा जेठ १३ गते अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग दुई पक्षीय भेट वार्ता गर्नुभएको थियो । उहाँ जेठ १४ गते जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा उपस्थित भएर समूहगत छलफलमा भाग लिनु भएको उहाँको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पुन अष्ट्रियाको टेरोल प्रान्तको ईन्सब्रुक सहरमा भियनास्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा सहभागी हुनु भएको थियो । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्क्री शत्तिबहादुर बस्नेत सहभागी हुनुहुन्छ । भ्रमण टोलीमा उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, उपराष्ट्रपतिको कार्यालयका सहसचिव तेजराज आचार्य समेत सहभागी हुनुहुन्थ्यो ।
फाईल फोटो