सत्ताको नेतृत्व हस्तान्तरणको विषयले तरंग, दाहाल र ओलीपक्षका आ–आफ्नै कुरा: दाहाल भन्छन् -सहमति भएन भने अर्को तरंग आउँछ

सत्ताको नेतृत्व हस्तान्तरणको विषयले तरंग, दाहाल र ओलीपक्षका आ–आफ्नै कुरा: दाहाल भन्छन् -सहमति भएन भने अर्को तरंग आउँछ

  • शनिबार, जेष्ठ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं, १८ जेठ । पहिला नै सार्वजनिक भइसकेको तत्कालीन एमाले र नेकपा माओवादीबीचको सहमति पुनः एकपटक बाहिर आएको मात्र हो, बेला आएपछि त्यसको कार्यान्वयन हुनैपर्छ ।

एक वर्षअघि भएको सहमतिका साक्षी स्थायी समिति सदस्य जनार्दन शर्माले भन्नुभयो– ‘बेला आएपछि नेतृत्व परिवर्तन भएन भनेचाहिँ समाचारको विषय हुन्छ, प्रधानमन्त्री परिवर्तन हुने भनेर तरंग ल्याउनुको अर्थ छैन ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व आलोपालो हुने लिखित सहमति भएको विषय सार्वजनिक गरेपछि पार्टीभित्र नयाँ बहस सृजना भएको छ । सहमति कार्यान्वयन गर्न अझै एक वर्षभन्दा बढी समय बाँकी रहेको छ ।

तर प्रचण्डले एक अन्तर्वार्तामा सरकारको नेतृत्व हेरफेर हुने अभिव्यक्ति दिएको विषयलाई मिडियाले उठाएपछि शर्माले यो टिप्पणी गर्नुभएको हो ।

पार्टी एकतापूर्व नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पाँचबुँदे सहमति भएको थियो, जुन सहमति सार्वजनिकरूपमा बाहिर पनि आइसकेको छ ।

नेतृत्व परिवर्तन हुँदा पनि नेकपाभित्रबाटै हुने हो । नयाँ गठबन्धन बन्ने कुनै सम्भावना नै छैन। शुरूमा एकतापूर्व एक जना अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीको नेतृत्व गर्ने सहमति भने अझै कार्यान्वय हुन सकेको छैन ।

नेकपाको सचिवालय र पोलिटब्युरोमा बहुमत नेताहरू सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले लिन नहुने पक्षमा देखिएका छन् । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ