दाङ, जेठ १७ । मुलुक र जनताको लागि आफ्नो अमुल्य जीवन बलिदान गर्नु हुने सहिदहरुको सम्मानमा आज नेपाल कम्युनिष्ट पार्टीले दाङ लगायत देशका विभिन्न ठाउँमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
जेठ ७ गते भोजपुरमा प्रहरीले गोली प्रहार हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा बम विस्फोटमा परि ज्यान गुमाउनुहुने शहिद महान, दिपेन्द्र, प्रज्वल, निरन्तरको सम्झनामा नेपाल कम्युनिष्ट पार्टीले आज जनताहरुको बिचमा देशभर एकसाथ श्रद्धाञ्जली सभा सम्पन्न गरिएको बताइएको छ ।
यसैअन्तर्गत दाङका ९ वटा एरियामा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन् । दाङको १ नम्बर एरियाको राजपुर, २ नम्बरको गढवा, ३ नम्बर एरियाको राप्तीगाउँपालिका, ४ नम्बर एरिया लमहीमा, ५ नम्बर एरिया, ६ नम्बर एरियाको घोराही, ७ नम्बरको ढिकपुरमा, ८ नम्बरको बिजौरीमा, ९ नम्बर एरियाको तुलसीपुरमा श्रद्धाञ्जली सभा गरिएको छ ।

सभामा बोल्दै वक्ताहरुले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकिकृत जनक्रान्तिका क्रममा शहादत प्राप्त गर्नुहुने सम्पूर्णहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शहिदहरुको सपना पुरा गरेरै छोड्ने गर्न प्रतिबद्धता व्यक्त गरेका छन् । राज्यले आफ्नो गलत (भ्रष्टाचार, एनसिएल काण्ड विभिन्न काण्ड) कुकार्यको ढाकछोप गर्नका लागि नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएको, जबरजस्त युद्धमा धकेल्ने प्रयास गरिरहेको भन्दै सम्पूर्ण नागरिकहरु सचेत रहन अपिल गरेका छन् । शोकलाई शक्तिमा बदल्दै शहिदहरुले बगाएको रगत खेर जान नदिने र नबिर्सिने वाचा गरेका छन् ।

९ नम्बरको एरियामा भएको श्रद्धाञ्जली सभामा बोल्दै अनिलले भोजपुरमा प्रहरीले गोली प्रहार हत्या गरिएका शहिद तिर्थ घिमिरे, काठमाडौंका २ ठाउँमा विस्फोटमा परि ज्यान गुमाउनुहुने शहिद महान, दिपेन्द्र, प्रज्वल, निरन्तर लगायत सम्पूर्ण शहिदहरुप्रति उच्च सम्मान गर्दै जुन उदेश्य प्राप्तीका लागि एकिकृत जनक्रान्तिको महाअभियान शहिद हुनुभयो त्यो उदेश्य पूरा गर्न आफू बलिदान दिन परे पनि दिने तर पछि नहट्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन रविले गनुभएको थियो ।
त्यस्तै राजपुरमा भएको कार्यक्रममा ब्यूरो सदस्य मिसन र १ नम्बर एरिया इन्चार्ज महान बोहराले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन १ नम्बर एरिया सेक्रेटरी सुर्य यादवले गर्नुभएको थियो । लमहीमा भएको कार्यक्रममा पार्टीका ४ नम्बर यरिया इन्चार्ज एकराज चौधरी, ४ नम्बर यरिया सेक्रेटरी सुरज परियारले बोल्नुभएको थियो ।
यस्तै ८ नम्बर एरियाको बिजौरीमा भएको कार्यक्रममा ब्युरो सदस्य सुन्दर, एरिया सेक्रेटरी पोषण लगायतले बोल्नुभएको थियो । त्यस्तै ७ नम्बर एरियाको कार्यक्रममा अविशेष, ६ नम्बरको सभामा जनक लगायतले बोल्नुभएको छ ।
यस्तै ३ नम्वर एरियाको श्रद्धाञ्जली कार्यक्रम राप्तिगाउपालिकाको कार्यक्रम एरिया इन्चार्ज भिमप्रकाशको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य ओम प्रकासको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमको सहजिकरण एरिया सेक्रेटेरी निरन्तर गर्नुभयो । उक्त अबसरमा वडा नम्वर ९ मा ९ सदस्यीय सेल समिति पनि गठन भयो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सम्पूर्ण शहिदहरुप्रति देशभर आज एकैसाथ श्रद्धाञ्जली सभा गरेको छ ।