भैरहवा, जेठ १७ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफूहरु सरकारमा गएको बताउनु भएको छ । साथै आफना मागहरु संबोधन नभए यथास्थितिमा बस्न नसक्ने उहाले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने आश्वासन दिइरहेको उहाको भनाइ छ । सरकारबाट बाहिरनसक्ने संकेत गर्दै उहाले सरकारले संविधान संशोधन नगरेमा आफूहरु यथास्थितिमा नरहने उहाको भनाई छ ।
मन्त्री यादवले दुईतिहाइ मत प्राप्त भएपनि सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै नेपालबाट पनि अरु मुलुकबाट जस्तै कम्युनिस्ट पार्टी समाप्त हुने चेतावनी दिनुभएको छ ।
विश्वका अधिकांश मुलुकबाट कम्युनिस्टहरु समाप्त भएको भन्दै उहाले भ्रष्टाचार नियन्त्रण, सुशासन लगायतका काम गर्न नसके नेपालबाट पनि कम्युनिस्टहरु को अस्तित्व समाप्ल हुने बताउनु भएको हो । संघीयतालाई संस्थागत गर्नु सरकारको मुख्य चुनौती रहेको भन्दै उहाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनु भएको छ ।