प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग भेट गर्दै, द्धिपक्षीय मुद्वा नउठाउन भारतीय पक्षको आग्रह

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग भेट गर्दै, द्धिपक्षीय मुद्वा नउठाउन भारतीय पक्षको आग्रह

  • शुक्रबार, जेष्ठ १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ । भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो ।

भेटवार्ताका क्रममा भारतीय पक्षले द्धिपक्षीय मुद्वा नउठाउन अनुरोध गरेको छ । तर नेपालका तर्फबाट भने थाती रहेका मुद्धा नै उठ्ने बताईएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि आफ्नो भ्रमणका समयमा भएका प्रतिबद्धता र ईपीजी प्रतिवेदन बिषय उठाउने आकलन अधिकारीहरुको छ ।

प्रधानमन्त्री निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

त्यस क्रममा प्रधानमन्त्री ओलीले भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनुहुनेछ ।

यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो । नयाँ दिल्लीको रायसिनाहिलस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी हुनुभएको हो ।

सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री ओली आजै अपराह्न काठमाडौं फर्कने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ