काठमाडौं, जेठ १६ ।
भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँ दिल्ली जाँदै हुनुहुन्छ । नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे दिल्ली जाने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली आज साँझ हुने राष्ट्रपति भवनमा हुने सपथ कार्यक्रममा सहभागी हुनु हुनेछ । सपथ ग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग संक्षिप्त भेट गर्नुहुनेछ ।
प्रधानमन्त्री मोदीसँग भने भोली बिहान भेटवार्ता हुने प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो । हैदरावाद हाउसमा हुने करिब आधा घण्टा लामो भेटवार्ता मुद्दा बिशेषमा भन्दा द्विपक्षीय हित तथा सम्बन्धमा केन्द्रित हुनेछ ।