भूकम्पपछि बन्द तातोपानी नाका ४ बर्षपछि खुल्यो, मानिसको आवात जावतमा भने तत्कालका लागि रोक

भूकम्पपछि बन्द तातोपानी नाका ४ बर्षपछि खुल्यो, मानिसको आवात जावतमा भने तत्कालका लागि रोक

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

१५ जेठ, कोदारी ।

भुकम्पका कारण बन्द रहेको नेपाल चीन सीमा नाका तातोपानी ४ वर्षपछि बुधवारबाट सञ्चालनमा आएको छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका आज बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो ।

नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।

नाका सन्चालनलाई चीनीयाँ पक्षले उच्च महत्त्व दिएको देखिएको छ । चिनियाँ राजदूत मंगलवार साँझनै कोदारी पुग्नुभएको थियो तातोपानी नाका पुनः सञ्चालनबारे समाचार संकलनका लागि दर्जनौं चिनियाँ पत्रकार सो क्षेत्रमा पुगेको छन् ।
नाका सञ्चालनमा आए पनि तत्कालका लागि मालबाहक ट्रकमात्र आवात– जावत हुनेछन् । २०७२ को भूकम्पले ध्वस्त सो क्षेत्रमा अझै पनि जोखिम नटरेकाले मानिसहरुको आवात जावतमा तत्कालका लागि रोक लगाइने चिनियाँ अधिकारीहरुको भनाइ छ ।

चीनबाट सामान बोकेर आउने ट्रकहरु नाकाभन्दा झण्डै ७ किलोमिटर वर लार्चामा निर्माण गरिएको सुक्खा बन्दरगाहमा खाले त्यहाँबाट व्यापारीहरुले आफ्ना सामान अन्यत्र ढुवानी गर्नेछन् ।
नाका सञ्चालनका लागि अध्यागमन, भन्सार र क्वारेन्टाइनका कर्मचारी पूर्ववत् काममा खटिसकेका छन् । नाका खुलेपछि सीमाक्षेत्रका बासिन्दा उत्साही भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी