काठमाडौं, १५ जेठ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले गणतन्त्र नेपालका नयाँ शासक र उसका सन्तति पुरानै प्रक्रियाको झल्को दिने मार्गमा अघि बढेको बताएका छन् ।
गणतन्त्र दिवसको शुभकामना दिदै नेता निधीले पिढीदर पिढी राज्य सञ्चालनको रोलक्रमको ब्यवस्था महान संविधानसभाले खारेज गरेको दिन गणतन्त्र दिवसको दिन भएपनि अहिले त्यही प्रक्रियाको झल्को दिने मार्गमा नयाँ शासक र उसका सन्तती अघि बढेको बताए ।
उनले फेसबुक पेजमा लेखेका छन् , ‘पिढीदर पिढी राज्य सञ्चालनको रोलक्रम सार्वभौम नेपाली जनतालाई मान्य थिएन र छैन्। आज त्यो ब्यवस्था महान संविधानसभाले खारेज गरेको दिन हो। तर, बिडम्बना देशमा नयाँ शासक र उसका सन्तति त्यही प्रक्रियाको झल्को दिने मार्गमा अघि बढिरहेका छन्।’
साथै नेता निधीले जनताले नयाँ शासकको सबै हर्कत नियालीरहेको पनि बताएका छन् ।
यस्तो छ उनको स्टाटस
