गणतन्त्र दिवसः बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीतः प्रधानमन्त्री

गणतन्त्र दिवसः बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीतः प्रधानमन्त्री

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र जनताको कठोर संघर्ष र बलिदानका उपज भएको बताउनु भएको छ ।

गणतन्त्र दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र दिवश जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनु भयो ।

बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत भएकोले
गणतन्त्र आएको दिनलाई नेपाली जनताले विसं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् ।’

प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताउँदै भन्नुभयो, ‘यस दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन भन्ने बताउँदैछ,’

प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताकालागि, जनताले नै निर्माण गरेको उल्लेख गर्दै जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ