राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको शुभकामना, प्रधानमन्त्रीले भने –’गरिबी र गणतन्त्र सँगै रहन सक्दैनन्’

राष्ट्रपतिद्वारा गणतन्त्र दिवसको शुभकामना, प्रधानमन्त्रीले भने –’गरिबी र गणतन्त्र सँगै रहन सक्दैनन्’

  • बुधबार, जेष्ठ १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

काठमाडौं, १५ जेठ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ ।

१२ औं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वास व्यक्त गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटोमा रहेको पनि उहाँले बताउनु भयो ।

गणतन्त्र दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखि नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभएर समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ ।
गणतन्त्र दिवशको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विकासका लागि प्रस्थानबिन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य एवं सुरक्षा रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सन्देशमा यस दिवसले नेपालीहरुलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्था प्रति गौरव गर्न झक्झक्याएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको बताउनु भयो ।

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन्न” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “त्यसैले यो प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न अग्रसर छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ