नेपाल–भारत संयुक्त प्राविधिक टोलीद्वारा खाँडो खोलाको अनुगमन

नेपाल–भारत संयुक्त प्राविधिक टोलीद्वारा खाँडो खोलाको अनुगमन

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, १४ जेठ ।

नेपाल–भारत संयुक्त प्राविधिक टोलीले सप्तरी भएर बग्ने खाँडो खोलाको सोमबार अनुगमन गरेको छ । चुरे क्षेत्रबाट सप्तरी हुँदै भारत प्रवेश गर्ने खाँडो खोलाको समग्र व्यवस्थापनको योजना तयार गर्न अनुगमन गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्राविधिक टोलीको नेतृत्व भारतको गंगा फ्लड कन्ट्रोल कमिसनका सिकेएल दास र नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागकी महानिर्देशक सरिता दवाडीले गरेकी थिइन् । गत वर्ष १३ असारमा पनि संयुक्त प्राविधिक टोलीले खाँडो खोलाको अनुगमन गरेको थियो । भारतको केन्द्रीय जलसंसाधन विभागका निर्देशक अजयकुमार र नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा टोलीमा सहभागी थिए ।

अघिल्लो वर्षको वैशाखमा काठमाडौंमा सम्पन्न प्राविधिक टोलीको बैठकपछि भारतीय पक्ष खाँडो खोलाको समस्याप्रति गम्भीर भएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादवले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ