बम विस्फोटमा मारिएका दिपेन्द्रको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैँ, महान र निरन्तरलाई गृहजिल्ला लगिने

बम विस्फोटमा मारिएका दिपेन्द्रको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैँ, महान र निरन्तरलाई गृहजिल्ला लगिने

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, १४ जेठ ।
काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा परी मारिएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता दिपेन विक ‘दिपेन्द्र’को मंगलवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिदैछ । दिपेन्द्रको सोमवार सुकेधाराको ढलाने पुल छेउमा बम विस्फोट हुँदा मृत्यु भएको थियो ।
पोष्टमार्टमका लागि उनको शव प्रहरीले टिचिङ अस्पतालमा राखिएको थियो । अस्पतालबाट सिधै पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गर्ने पारिवारीक श्रोतले जनाएको छ ।
२८ का दिपेन विक कालिकोट जिल्लाको मुम्रा निवासि हुन् ।
यस्तै सोहि विस्फोटमा मारिएका बाग्लुङ घर भएका वर्ष ४० का निरन्तर मल्ल र दाङको बबही गाँउपालिकाका वर्ष ३२ का गोकुल रानामगर ‘महान’को शव भने गृहजिल्ला लैजाने तयारी भएको बुझिएको छ ।
तीनै जनाको शव टिचिङ हस्पिटलमा राखिएको र परिवारले बुझेलगत्तै आजै निरन्तर र महानको शव गृहजिल्ला लैजाने बताईएको छ । अहिले अस्पतालमा आफन्त तथा शुभचिन्तकको भिडभाड रहेको छ ।
अनामनगरको घट्टेकुलोमा भएको बिस्फोटमा मृत्यु भएका बझाङ घर भई कलंकी बस्ने वर्ष २६ का प्रज्वल शाहीको भने सोमवार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ