मुलुकको आर्थिक परिसूचक उत्साहजनक !(पूर्णपाठ)

मुलुकको आर्थिक परिसूचक उत्साहजनक !(पूर्णपाठ)

  • मङ्लबार, जेष्ठ १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाण्डौं ।
सरकारले अहिले मुलुकको आर्थिक परिसूचक उत्साहजनक रहेको जनाएको छ । सोमबार चालू आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अधिकांश सूचक उत्साहजनक देखिएको बताए ।

अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर ७ प्रतिशत र ८ महिनाको औसत मुद्रास्फिति दर ४.२ प्रतिशत रहेको उल्लेख छ ।

यसैगरी, प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । अहिलेको मूल्यमा हिसाब गर्ने हो भने हरेक नेपालीले वर्षमा करिब न्यूनतम १ लाख १७ हजार रुपैयाँ आर्जन गर्छन् । प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रूपैयाँ पुगेको अनुमान छ । यसैगरी, कुल गार्हस्थ्य उत्पादनको १०÷१२ प्रतिशत बचत हुँदै आएकोमा चालू आर्थिक वर्षमा बढेर २० प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको सर्वेक्षणमा उल्लेख छ ।

यसैगरी, चालू आर्थिक वर्षमा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ अर्ब ५७ अर्ब रूपैयाँ पुग्ने अनुमान छ । कुल गार्हस्थ्य बचतको वृद्धिभन्दा कुल पुँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीको अन्तर बढ्दै गएको छ । गत फागुनसम्मको कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ ।
अहिले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी गर्दै अर्थमन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएको र विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासको गति बढेकाले समग्रमा मुलुकको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक देखिएको बताए । विकासको गति बढेका कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको उनको दावी छ ।

यस्तो छ प्रगतिको अवस्था
बिमा पहुँच – १८ प्रतिशत जनसंख्यामा
बैंकको शाखा संख्या – ४,७०१ वटा (७५३ मध्ये ७१३ स्थानमा)
विद्युतको पहुँच पुगेको जनसंख्या – ७७.८ प्रतिशत

नवीकरणीय ऊर्जा पहुँच पुगेको जनसंख्या– १८ प्रतिशत
कुल विद्युत् उत्पादन– १,१४२ मेगावाट
सडक सञ्जाल – ३१,३९२ किलोमिटर
कालोपत्रे – १४,१०२ किलोमिटर
खण्डस्मित सडक– ७,८८१ किलोमिटर
कच्ची सडक– ९,४०१ किलोमिटर
कुल पर्यटक आगमन – ११ लाख ७३ हजार
वैदेशिक व्यापारतर्फ निर्यात – ६१ अर्ब रुपैयाँ
आयात – ९ खर्ब ४९ अर्ब रुपैयाँ
व्यापार घाटा– ८ खर्ब ८८ अर्ब रुपैयाँ
भुक्तानी सन्तुलन – ५९ अर्ब रुपैयाँ (ऋणात्मक)

चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल हुने सरकारी अनुमान भए पनि पर्याप्त लगानीको अभाव र भएको लगानीको पनि प्रभावकारी उपयोग नहुँदा अर्थतन्त्रको लक्ष्य हासिल नहुने देखिएको छ । चालू आर्थिक वर्षको बितेका आठ महिनाको तथ्यांकअनुसार कुल ६.८१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने सरकारी अनुमान छ । कृषि क्षेत्रको वृद्धि उत्साहजनक भए पनि निर्माण क्षेत्रको वृद्धिदर गत वर्षभन्दा निकै कमजोर छ ।
सर्वेक्षणअनुसार गत फागुनसम्ममा वैदेशिक लगानी जम्मा ६ अर्ब ६६ करोड रुपैयाँ भित्रिएको छ । चालू आर्थिक वर्षमा सडक पूर्वाधार निर्माण कमजोर रहेको सर्वेक्षणले देखाएको छ । कर्णाली करिडोरको थप ६ किलोमिटर ट्र्याक निर्माण गरिएको छ । कोसी करिडोरमा ९ किलोमिटर ट्र्याक निर्माण र थप ९ किलोमिटरमा सडक ग्राभेलको काम भएको सो सर्वेक्षणमा देखाइएको छ ।
यस्तै चालू आर्थिक वर्षको फागुनसम्म १३ अर्ब रुपैयाँ अनुदान र ९३ अर्ब रुपैयाँ ऋण गरी १ खर्ब ७ अर्ब रुपैयाँ वैदेशिक सहयोग प्राप्त भएको छ । फागुनसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ । जसमध्ये ३ खर्ब ८३ अर्ब रुपैयाँ आन्तरिक ऋण र ५ खर्ब ९५ अर्ब रुपैयाँ बाह्य ऋण रहेको छ ।

[gview file=”https://mirmireonline.com/wp-content/uploads/2019/05/arthik-sarbekshyan-2075-76.pdf”]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी