बम विस्फोटमा मारिएका बिद्यार्थी नेता शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी(फोटोसहित)

बम विस्फोटमा मारिएका बिद्यार्थी नेता शाहीको पशुपति आर्यघाटमा अन्त्यष्टी(फोटोसहित)

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

१३ जेठ, काठमाडौं ।
काठमाडौंको अनामनगस्थित घट्टेकुलोमा भएको बम विस्फोटमा परी ज्यान गुमाएका प्रज्वल शाहीको सोमवार पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थि संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य शाहीको आईतवार घट्टेकुलोमा भएको बम विस्फोटमा परी ज्यान गएको थियो ।
प्रहरीले घटना स्थलबाटै शाहीको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल पुर्याएको थियो । पोष्टमार्टम पछि आजै शाहीको पशुपति आर्यघाटमा शाहीको अन्त्यष्टी गरिएको हो । शिक्षण अस्पताल पुगेर आफन्तले शव बुझेका थिए ।

बझाङ घर भएका शाही अखिल क्रान्तिकारीको सिटीइभिटीको उपत्यका विशेष जिल्ला अध्यक्ष समेत हुन् ।

अन्त्यष्टीमा पशुपतिमा आफन्तको साथै शुभचिन्तक लगायतको बाक्लो उपस्थित थियो । शाहीको शरीरमा अखिल क्रान्तिकारीको झण्ड र राष्ट्रिय झण्डा ओडाएर अन्त्यष्टी गरियो ।

त्यसैगरी कपनमा भएको विस्फोटमा परी ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । उनीहरुको पनि पोष्टमार्टमको तयारी प्रहरीले गरेको छ । घट्टेकुलो, कपन र चन्द्रागिरी विस्फोटका घाइतेको उपचार भइरहेको छ ।

यसैबीच ने.क.पा. महासचिव विप्लवले सोमवार विज्ञप्ति निकालेर घटनाको जिम्मा लिँदै शाही सहित अन्य चारै जनालाई सहिद घोषणा गरेका छन् । विप्लवले नेपाल बन्दको पूर्वसन्ध्यामा भएका विस्फोटले पार्टीलाई क्षति पुगेको भन्दै बलिदानी खेर जान नदिने बताएका छन् ।

“जेठ १२ गते काठमाडौँमा भएको विस्फोटमा पार्टी, जनमुक्ति सेना, जवसका कमान्डर कमरेड महान, कमरेड दीपेन्द्र, कमरेड प्रज्वल शाही, कमरेड निरन्तरको सहादतले यसप्रकारको घटना कसरी हुनपुग्यो, त्यसको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ । यी सबै घटना हुनुको मुख्य दोषी केपी सरकारको फासिवादी दमन नै रहेको स्पष्ट गर्दछौँ । सहादत प्राप्त गर्ने कमरेडहरूप्रति सिङ्गो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ” विप्वलवको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ