ललितपुरमा शक्तिशाली बम फेलाः भैंसेपाटीमा ६ र खुमलटारमा २ डेटोनेटर भेटियो, रोबोटको सहायताले निस्कृय

ललितपुरमा शक्तिशाली बम फेलाः भैंसेपाटीमा ६ र खुमलटारमा २ डेटोनेटर भेटियो, रोबोटको सहायताले निस्कृय

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

ललितपुर, १३ जेठ ।
खुमलटारको टुटेपानीमा रहेको नेपाल लेप्रोसी ट्रस्ट भवन पेटीमा बम फेला परेको छ । लेप्रोसी ट्रस्टको पेटीमा झोलाभित्र प्रेसर कुकुर बम भेटिएको हो । सेनाले रोबोटको सहायताले बम निस्क्रिय बनाएको छ ।

पाँच लिटरको कुकरमा दुई वटा डेटोनेटर र ६ वटा क्यामरामा लगाउने जस्तो देखिने ब्याट्री भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भैसेपाटीको आभास क्षेत्रनजिकै उकालो बाटोमा ६ वटा डेटोनेटर र बिस्फोटक पाउडरसहितको बम फेला परेको सेनाले जानकारी दिएको छ । उतm बम लगनखेलस्थित राजदल गणले निस्क्रिय बनाएको हो ।

सोमबार बिहान ललितपुरका दुई ठाउँ राखिएका बम निकै शतिmशाली रहेकोे डिस्पोजमा खटिएका सेनाले जनाएका छन् । एउटा डेटोनेटरले एउटा घरलाई क्षति गर्न सक्ने सेनाको भनाई छ ।

बिहानै भैसेपाटीमा बम डिस्पोज गरी खुमलटार आइपुगेको राजदल गणका टोलीले क्षति कम गर्नका लागि सिनामंगलबाट रोबोट झिकाएको थियो । खुमलटारमा करीब साढे सात बजे बम भेटिएकोमा झण्डै १० बजे मात्रै डिस्पोज गरिएको थियो ।

उता, महानगरीय प्रहरी परिषर जाउलाखेलका प्रवक्ता नारायण चिमोरियाले भेटिएका बमहरु कस्ता प्रकृतिका हुन परीक्षणपछि मात्रै थाहा हुने बताए ।फोटो -अन्नपूर्णबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ