पार्टीभित्र धेरै कमीकमजोरी छन्ः सिंह

पार्टीभित्र धेरै कमीकमजोरी छन्ः सिंह

  • आइतवार, जेष्ठ १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको सिद्धान्त र आदर्शलाई मुलभूतरुपमा स्वीकार्दै पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् ।
समयको माग बुझेर पार्टीभित्र आमूल सुधार गर्नुपर्ने भन्दै उनले आन्तरिक रुपमा धेरै कमीकमजोरी रहेकोले सुधार गरेर अघि बढ्न नसके समस्या आउन सक्ने चेतावनी दिए ।
नेपाली कांग्रेसको जारी जनजागरण अभियानअन्तर्गत काठमाडौं क्षेत्र नं. १ ले गरेको कार्यक्रममा नेता सिंहले पार्टीको समस्या हल गरेर सबै एक ढिक्का हुनुपर्ने बताए ।
अर्का नेता बालकृष्ण खाँडले दुईतिहाइको दम्भ देखाउँदै सरकारले संविधानको मर्म र भावना विपरित काम गरिरहेको आरोप लगाए । उनले जनताको अधिकार स्थापित गर्न सडक र सदनमा आन्दोलन गर्ने तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।
नेता खाँडले राष्ट्रिय सुरक्षा, मानवअधिकार र प्रेस स्वतन्त्रतामाथिको अंकुश लगाउन खोजेर सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप पनि लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ