भारतीय पक्षले च्यानलमा पानी छोड्दा सप्तरीका ९० परिवार कोसीमा घेरिए, पश्चिमी तटबन्ध जोखिममा

भारतीय पक्षले च्यानलमा पानी छोड्दा सप्तरीका ९० परिवार कोसीमा घेरिए, पश्चिमी तटबन्ध जोखिममा

  • आइतवार, जेष्ठ १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

काठमाडौं, १२ जेठ । कोसीमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छोडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाबाट सम्पर्कबिच्छेद भएको छ । गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकोमा तीन वर्षदेखि कोसीमा भारतीय पक्षले खन्दै आएको पाइलट च्यानलमा शुक्रबार साँझ अचानक पानी छोडिएपछि गोबरगाढाको पश्चिमबाट पनि भंगालो बगेकाले ९० परिवार कोसीमै घेरिएका हुन् ।भारतीयले एकतर्फी खनेको च्यानलमा पानी छोड्दा हनुमाननगर १३ गोबरगाढाका बासिन्दा बीच कोसीमै घेरिएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । शुक्रबार साँझबाट गोबरगाढा जान-आउन सकिने अवस्था छैन । उक्त बस्तीमा करिब ३ सय जना नागरिक रहेका छन् ।

‘शुक्रबार नगरपालिकाको तालिममा हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय हनुमाननगरमा आएकाहरु साँझ घर फर्किन लाग्दा गोबरगाढा भन्दा पश्चिमको भंगालोमा बेगसहित पानीको बहाव थियो’ बस्तीमै रहेका हनुमाननगर कंकालिनी नगरपालिका १३ का वडाध्यक्ष विन्देश्वरी यादवले,’हनुमाननगर आएकाहरुमध्ये केही पुरुष पौडेर बस्तीतर्फ गए, महिलाहरु यतै बस्नुपर्‍यो ।’

मेयर साहले नेपाली जनतालाई वर्षा अगावै डुबाउने प्रपञ्चका साथ भारतीय पक्ष लागिपरेको बताए । उनले प्रश्न गर्दैभने, ‘७०-८० किलोमिटर प्रतिघण्टाका दरले च्यानलमा बहाव छ’ कसरी बस्ती पुग्न सक्छन् त स्थानीय ?’

कोसी योजनाबारे नेपाली र भारतबीच समन्वयको भूमिका खेल्ने सम्पर्क तथा भुआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बुले पनि आफूहरुलाई पनि जानकारी नदिइ भारतीय पक्षले पाइलट च्यानल खन्न थालिएको बताए । ‘हामीलाई जानकारी नदिइ एकतर्फी रुपमा पाइलट च्यानल खन्दा आज गोबरगाढा बस्ती कोसीमा घेरिएको हो’ भुआर्जन अधिकृत लिम्बुले भने, ‘यसबारे मैले धेरै अघि नै सिँचाईमन्त्री र सचिवलाई भेटेरै तथा लिखित रुपमै जानकारी गराइसकेको छु ।’

नदीको प्राकृतिक बहाव पूर्वतर्फ रहेका बेला भारतीय अधिकारीहरुले नदीको मध्यभागभन्दा पश्चिम आएर पाइलट च्यानल खनी बहावलाई कृतिम तरिकाले पश्चिमतर्फ फर्काउँदै गोबरगाढा बस्ती डुबानमा पार्नुका साथै नेपालमा रहेको कोसीको पश्चिमी तटबन्धमाथिको जोखिमलाई बढाएको मेयर साहले बताए ।

अढाई वर्ष अघिदेखि कोसी ब्यारेजको २८ नम्बर ढोका अगाडि दक्षिणी भागमा भारतीयले पाइलट च्यानल खन्न सुरु गरेको थियो ।-कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ