पार्टीभित्र विधि र पद्धतिलाई बसाल्न खबरदारी गरिरहेको छुः नेपाल

पार्टीभित्र विधि र पद्धतिलाई बसाल्न खबरदारी गरिरहेको छुः नेपाल

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

नेपालगन्ज ११ जेठ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सोचेर काम नगर्दा सरकारका निर्णय विवादास्पद बन्न पुगेको बताउनु भएको छ ।

प्रेस संगठन बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले कुनै पनि काम गर्ने क्रममा सरकारले सोचेर मात्र गर्नुपर्ने दिनुभएको हो ।

विधेयकमा कहाँ–कहाँ सुधार्न सकिन्छ, त्यसको निम्ति सबैको राय, सुझाव लिएर त्यसलाई परिमार्जित गरी शंशोधन गरेर सर्वस्वीकार्य बनाउनुपर्नेमा उहाको जोड छ । सरकारले काम गर्न खोज्दा कतिपय त्रुटी गरेकाले अझै पनि सच्याएर अगाडि बढ्ने समय रहेको नेपालको भनाई छ ।

कम्युनिस्ट पार्टी सरकारमा आएपछि र शक्तिशाली भएपछि कतिपय दलहरुले बिरोधका कुरा मात्रै अगाडि सारेको भन्दै विरोधका निम्ति मात्र विरोध गर्ने काम गर्न नहुने नेता नेपालले बताउनु भयो । पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जनअपेक्षा अनुसार नै बजेट ल्याउनेमा आफू आशावादी रहेको बताउनु भएको छ ।

अर्को प्रसंङ्गमा उहाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै पार्टीभित्र विधि र पद्धतिलाई बसाल्न आफूले खबरदारी गरिरहेको बताउनु भएको छ ।

पार्टीको एकीकरणको प्रक्रिया माथिबाट क्रमश तलतिर क्रमिक रुपले गइरहेको दाबी गर्दै उहाले एकीकरणको काम केन्द्रीय तहमा पनि केही गर्न बाँकी रहेको बताउनु भयो ।

पार्टीले सरकारको कामको पनि समिक्षा, मूल्यांकन गर्नुपर्ने नेपालले जोड दिनुभएको छ । पत्रकारले सोधेको जिज्ञासामा उनले सांसदलाई करोडौंको बजेट बाँड्न नहुनेमा जोड दिदै त्यसरी रकम बाँडिए ठूलो आर्थिक अनियमितता हुने संकेत गर्नुभएको छ ।

-फाईल फोटो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ