एकल महिलालाई परिवर्तनका लागि अग्रसर गराउनु आवश्यकः राष्ट्रपति भण्डारी

एकल महिलालाई परिवर्तनका लागि अग्रसर गराउनु आवश्यकः राष्ट्रपति भण्डारी

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

काठमाडौं, जेठ ११ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले नै महिलाको अधिकार सुनिश्चित गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै जागरुक हुनुपर्ने बताउनु भएको छ ।
मानवअधिकारका लागि एकल महिला समूहको २५औं रजतजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाले संविधानमा महिला–पुरुषको समान अधिकार स्थापित भएकाले यसको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले एकल महिलाका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्था गरेको बताउँदै उनीहरुलाई आर्थिक एवं सामाजिक परिवर्तनका लागि अग्रसर गराउनु अहिलेको आवश्यकता रहेको औंल्याउनु भएको छ ।

कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कानुनतः एकल महिलाको अधिकार स्थापित भएपनि सामाजिक, सांस्कृतिक एवं आर्थिक हिसाबले भेदभावको अवस्था कायम रहेकाले यसविरुद्ध सबै जुट्नुपर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ