निर्वाचन भारतमा, खुशीयाली नेपालमाः मोदीको जितमा निशुल्क चिया–नास्ता !

निर्वाचन भारतमा, खुशीयाली नेपालमाः मोदीको जितमा निशुल्क चिया–नास्ता !

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 30.4K
    SHARES

वीरगन्ज, ११ जेष्ठ । वीरगन्जको पर्यटकीय स्थान घडिअर्वा पोखरीमा शुक्रबार विहान निःशुल्क चिया पिलाइएको थियो ।

चिया पिउनेहरुको पनि भीड लामै थियो । चिया पिलाउनका लागि मात्रै आधा दर्जन चियापाल बसिरहेका थिए , तर त्यहाँ भनिएको थियो–आज चिया निशुल्क ।’

कुरा बुझ्दै जाँदा छिमेकी देश भारतमा दोस्रो पटक प्रधानमन्त्रीमा नरेन्द्र मोदी आउने निश्चित भएपछि त्यही खुशीयालीमा प्रभातकालिन यात्रामा सबैलाई चिया खुवाइएको थियो ।

वीरगन्जको घडिअर्वा पोखरी परिसरमा मोदीलाई जितको शुभकामना दिंदै खुशीयालीमा चियापानको आयोजना भएको हो ।

चुनावको अन्तिम नतिजा नआउँदै वीरगन्जको श्री बजरंग समूहले विहान ब्यायाम गर्न आउनेलाई चिया र नास्ता खुवाएर मोदीको जितमा खुशीयाली मनाएको हो । -नेपाल समाचारपत्र दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ